suekhet
bheriad

उज्यालो अभियन्ता कुलमान घिसिङ् सम्मानित ,

lekabesi

पुस १९ ,चितवन – नेपालि जनताको लागि उज्यालोको अभियन्ता भनेर चिनिने नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित भएका छन्।

नेपालको २४ घन्टे अँधेरोलाई उज्यालोमा मुक्त गर्ने घिसिङ नेपालिको तन मनमा बस्न सफल एक नायक हुन् ।

नेपालि हरुलाई उनले नयाँ जीवन दिएका छन् भने नेपालको लोड्सेडिङ्लाई अन्त्य गरेका छन् ,।

विधुतमा हुने लुटतन्त्र ,चोरी ,चुहावटलाई अन्त्य गर्ने नेपालि एक महान कुलमान घिसिङ्लाई क्षेत्रीय होटल संघ, चितवनले घिसिङलाई शुक्रबार सम्मान गरेको हो ।

संघले चितवनको सौराहामा आयोजना गरेको १६ औं हात्ती महोत्सव समापन समारोहमा सम्मान गरेको हो ।

घिसिङलाई प्रदेश नं ३ का प्रदेश प्रमुख विष्णु प्रसाईंले सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरे ।

घिसिङ्गले सम्मान कार्यक्रममा बोल्दै भने मैले सरकारले दिएको जिम्मेवारी पुरा गरेको हु ।

,नेपालि जनता अब अँध्यारोमा बस्न पर्दैन लोड्सेडिङ् अन्त्य भईसकेको छ अब नेपालको विधुत भारतलाई बेच्न सकिने छ।

,नेपालिको लागि उज्यालो अभियानको लागि विधुत प्राधिकरण सदैव तत्पर रहने छ उनले भने।