जापानको तयारि गर्नु भएको छ २३ सय जना लगिदै यस्तो छ सर्त ,

पुस १९ ,काठमान्डौ – जापानले २३ सय नेपालि कामदार लैजाने तयारि गरेको छ ,।जापानी सरकारका तर्फबाट जापान फाउन्डेसनले जनवरीमा १ हजार र आगामी मार्चमा १ हजार ३ सय नेपाली कामदार लैजान छनोट प्रक्रिया सुरु गर्न लागेको हो ।

फाउन्डेसनले सूचना जारी गर्दै कामदार छनोटका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ । जापानले पहिलो चरणमा एक हजार कामदार छनोट गर्न जनवरी ७–८, १४–१६, २१–२३, २८–२९ तारिखमा भाषा परीक्षा लिनेछ ।दोस्रो चरणमा १ हजार ३ सय कादार छनाेट गर्नआगामी मार्च ३–५, ९–१२ र १५–१९ तारिखमा भाषा परीक्षा लिइने सूचनामा उल्लेख छ ।

परिक्ष कम्प्युटरमा आधारित प्राणाली लिखित सिपपरिक्षनको परिक्षा हुने छ जसको लागि फाउन्डेसनले परिक्षा शुल्क २५ सय रुपियाँ तोकेको छ ,२ सय ५० पूर्णांकको परीक्षामा उत्तीर्ण हुन कम्तिमा २ सय अंक ल्याउनुपर्छ ।

परिक्षार्थिले साधारण बोलिचाली ,तथा प्रस्तुति जापानी भाषा बुज्न जान्ने र पढाई र सुनाईमा उतिर्ण हुनुपर्ने छ ।

तेस्तै विद्यार्थीले दैनिक जीवनमा आइपर्ने कामका लागि जापानी भाषा सहजै बुझ्ने, बोल्ने र लेख्न सक्ने तथा आफ्नो र वरिपरिको परिस्थितिबारे जापानी भाषामा अभिव्यक्त गर्न सक्ने हुनुपर्ने सूचनामा उल्लेख छ ।

नेपाली नागरिकता, राहदानी वा सवारी चालक परिचयपत्र पेस गरेर भाषा परीक्षामा सहभागी हुन सकिने सूचनामा उल्लेख छ । फाउन्डेसनले डिल्लीबजारस्थित युनिभर्सल ल्याङ्वेज एन्ड कम्प्युटर इन्स्टिच्युटमा परीक्षा सञ्चालन गरिने जनाएको छ ।

गत चैतमा नेपाल र जापानबीच कामदार लैजानेसम्बन्धी समझदारी भएको थियो । जापानले अघिल्लो वर्षदेखि विभिन्न १४ क्षेत्रमा विदेशी कामदार ल्याउने नीति लागू गरेको छ ।

राजधानी देखि विभिन्न सहरमा जापानी भाषा बढेर बसेका लाखौ नेपालि छन्। ,जापानी भाषा पढेरपनि जान नमिल्ने भएपछि उनीहरु निरासमा थिए।