suekhet
bheriad

विमानस्थलमा मलद्वार एक्सरे हुन्छ भन्ने सुनेपछि यी युवाले खाए २०० ग्राम हिरा ,मेडिकल कलेजमा लगेर चेक जाँच ,

lekabesi

पुष २० ,काठमान्डौ – त्रिभुवन विमानस्थलमा सुन संगै हिरा विभिन्न तरिकाले भित्रने गरेको छ ,।

हिजोमात्र विमानस्थलमा दुई भारतीय नागरिकले मलद्वारमा २ केजी सुन लुकाएर ल्याएपछि उनीहरुको एक्सरे गर्दा सुन फेला परेको थियो।

,आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित भारतीय नागरिक किजाकेथिल नौसाद पक्राउ परेका छन् ।

यूएईको सारजहाबाट आएका उनले क्याम्सुल बनाएर सुन ल्याएको चेक जाँचमा फेलापरेको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका एसएसपी सहकुलबहादुर थापाले बताए।

तेस्तै अर्का मलेसियाबाट आएका भारतीय नगारिक मोहमद म्यादिन स्थालीको साथबाट दुई सय ग्राम हिरा बरामद भएको छ ।

चेक जाँचको क्रममा उनको पेट भित्र २०० ग्राम हिरा फेला परेको थियो ।भन्सार क्षेत्र कटिसकेपछि शंका लागेर काठमाडौं मेडिकल कलेजमा लगेर उनलाई एक्सरे गरिएको थियो।