कृषी बिकास बैंक ह्याकिङ् गरेका मध्ये फरार व्यक्ती पक्राऊ”
पुस २० ,काठमान्डौ – नेपाल कृषी बिकास बैंक ह्याकिङ्ग प्रकरणमा फरार रहेका दिपक नेपाललाई प्रहरीले नियन्त्रनमा लिएको छ ।
मोरङ् जिल्ला रंगेली न.पा. वडा नं. २ का ४३ वर्षीय दिपक नेपाललाई अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले पक्राउ गरि काठमान्डौ जिल्ला अद्लातमा पाठाएको छ ।टोलीले उनलाई गत १८ गते पक्राउ गरेको हो।
दिपक नाईजेरियन र भारतिय नागरिकहरु संग मिलेर लामो समय देखि भारतको मुम्बईमा लुकेर रहेको अनुसन्धानमा खुलेको छ।
उनीहरुले नेपालका बैंक तथा वित्तिय संस्थाहरूबाट रू.५ अर्व (५० मिलियन डलर) भन्दा बढी रकम Hack गरी लैजाने योजना बनाई रहेको बेला प्रहरीले उनीहरुको योजना विफल पारेको थियो।
यसअघि यस प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरिसकेको छ ।दिपक उक्त बेला फरार भएका थिए।
उनीहरुले विभिन्न नेपालि नागरिक महिलालाई प्रयोग गरि कृषि विकास बैंकको Credential Hacking गरेका थिए।
कृषि विकास बैङ्क श्रोतका अनुसार बैङ्कको लहान शाखाबाट विभिन्न ७ जना व्यक्तिको नाममा रकम ट्रान्सफर गरिएको थियो ।