अविनास थापा मगरको प्रस्तुति “छोटेलुदी सुसारे गाँउ”गीतको चर्चा(भिडियो)
नेपाली लोक गित संगितको क्षेत्रमा एउटा अतुलनिय योगदान दिएका गायिका अन्जना गुरुङ र गायक गणेश गुरुङ्गको स्वरमा अविनास थापा मगर र मुना थापा मगरले“छोटेलुदी सुसारे गाउ”गोरखा लिएर दर्शक स्रोता माझ आएका छन् ।
अविनास थापा मगरले सोमबार बिहान आफ्नै युटुव च्यानलबाट उक्त गित सार्वजनिक गरेका हुन् । अविनास थापा मगर र गणेश गुरुङ्गको शब्द तथा गणेश गुरुङ्गको संगीत रहेको उक्त गीतको भिडियोलाई दिप गुरुङ्गले निर्देशन गरेका छन् ।
पश्चिम सास्कृति केन्द्रको पर्दामा निर्माण गरेको म्युजिक भिडियोलाई मधुर बस्नेतले खिचेका हुन् ।
यस म्युजिक भिडियोलाई थप उत्कृष्ट हुनुमा सम्पादक सुजन शाहीको ठुलो हात रहेको छ । नयाँ प्रविधिसंग नयाँ सिनेम्याटिक तरिकाले यो गीतको म्युजिक भिडियो सम्पादन गरेका छन् ।
मेहनती,अनुभवी र इमान्दार शाहीले यो क्षेत्रलाई अतुलनीय योगदान गरिसकेका छन् । बिगत लामो समय देखि यो क्षेत्रमा तल्लिन शाही अझै पर्दा पछाडी रहेता पनि शाहीले आफ्नो छुट्टै करिएर बनाईसकेका छन् ।
असिमित सम्भावनाका स्रोत हुंदा हुँदै पनि नेपालमा सोचे जस्तो बिकास हुन नसक्दा “छोटेलुदी सुसारे गाउ”नामक गीतमार्फत गीतकार अविनास थापा मगरले गोरखा जिल्लाको मौलिक सस्कृति,रहनसहन,पर्यटकीयस्थल,प्रख्यात धार्मिकस्थाल मनकामना मन्दिर,गोरखकाली मन्दिर पहिलो सहिद लखन थापाको गाउ म्युजिक भिडियोमा देखाएका छन् ।
नेपालि लोकगित सस्कृतिको जग्रेना हाम्रो पहिचान सहितको मौलिक भाव,मौलिक भाषा,भेषभुषा र सस्कृतिलाई जगेर्ना जस्ता जानकारीमूलक र समसामयिक विषयवस्तुहरुको चित्रण गर्न खोजिएको छ ।
यो म्युजिक भिडियोमा मनोज थापा मगर,सचिन थापा मगर,सुजन थापा मगर,रामकुमार थापा मगर,लिला थापा मगर,कन्चन थापा मगर,सुप्रिना थापा मगर,नम्सरा थापा मगर र गेसरा थापा मगरको अभिनय हेर्न सकिन्छ ।
बालकलाकार अभिनित नया म्युजिक भिडीयो बजारमा आएको छ र सबै दर्शकबाट माया र साथको अपेक्षा रहेको पनि उनले जनाकारी गरेका छन् । यो गीतका सम्पूर्ण युनिटलाई हाम्रो शुभकामना ।
हेर्नुहोस भिडियो