अस्ट्रेलीयाको सिडनीमा सफल पुर्वक भर्मन वर्ष २०२० सम्पन्न भयो ,नेपालमा गलत समाचार सम्प्रेसण गर्नेको नियत गलत छ मन्त्रि भट्टराई ,

पुस २२ ,काठमान्डौ – अष्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण वर्ष २०२० कार्यक्रमलाई सिड्नीको प्रहरीले रोक्यो भनेर नेपालमा भ्रमात्क समाचार आईरहेका छन् ।

जसको नियन्तै गलत छ भन्ने प्रस्ट बुझीएको पर्यटनमन्त्रि योगेश भटराईले बताएका छन् ।

उता भने अष्ट्रेलियाको सिड्नीमा मध्यान्न नेपाल भ्रमण वर्ष २०२० को सफल उद्घाटन गरिएको छ ।

अस्ट्रेलीयाको सिड्नीमा नेपाली राजदुतावासको आयोजना तथा NRNA लगायतका संघ/ संथाको सहयोगमा नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।

NSW स्टेटका सभामुख सहित अस्ट्रेलीयाका पक्ष र प्रतिपक्षी दल र नगरपालिकाका प्रतिनिधि सहितको उपस्थितिमा भएको कार्यक्रममा वहाँहरुका तर्फबाट शुभकामना मन्तब्य पनि ब्यक्त भएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा सिड्नीको सर्कुलर क्युवेमा आयोजित एक कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गरेका हुन् ।

सिड्नीका विभिन्न स्थानबाट नेपालीहरु आ-आफ्नो सास्कृतिक पहिरनसहित सर्कुलर क्युवेमा आइपुगेका थिए ।

साथै अस्ट्रेलियामा भईरहेको आगलागीबाट पिडितलाई राहत उठाउने भन्दै नेपालीहरुले स्याल्भेसन आर्मीका चन्दा बाल्टिनहरु बोकेका थिए ।

भएन केहि स्वयंसेवकहरुले डढेलोमा जलेका र घाईते भएका जनावरको लागि पनि राहत संकलनको लागि गाडी बढिरहेका छन्।

मौन जुलुस मार्फत पर्यटन बर्षको प्रबर्द्धन पनि गरिएको थियो ।

तर काल्पनिक र गलत समाचार सम्प्रेसण गरेर मुलुकको प्रतिस्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा खेल्न खोजिएको र योगेश भट्टराईको नेपाल भ्रमण वर्षलाई रोकियो भन्ने गलत समाचार सम्प्रेषण गर्ने हरुको नियत गरल रहेको मन्त्रि भट्टराईले जानकारी गरेका हुन् ,।