बलात्कार घट्नाका चार दोषीहरूलाई ८ माघमा फाँसी दिइने,

पुस २२ ,काठमान्डौ – नयाँ दिल्लीमा आठ वर्ष पह्लेको बलात्कार घटनामा दोषी ठहर भएका चार जनालाई मृत्युदण्डको सजाए दिईने भएको छ ,।

घटनामा दोषी मुकेश सिंह, विनय शर्मा, पवन गुप्ता र अक्षय ठाकुरविरुद्ध पटियाला हाउस अदालतले ८ माघका लागि ‘डेथ वारेन्ट’ जारी गरेको छ ।

आरोपी मध्येका राम सिंहले २०१३ मै तिहाड जेलमा आत्महत्या गरेका थिए भने एक नाबालकलाई बालसुधार गृहमा पठाइएको छ ।

१३ सेप्टेम्बर २०१३ मै घट्नाका ६ आरोपीलाई अदालतले दोषी ठहर गरेको थियो । २०१४ मा दिल्ली उच्च अदालत र २०१७ मा सर्वोच्च अदालतले पनि मृत्युदण्डको सजायलाई निरन्तरता दिने फैसला गर्‍यो ।

राम सिंहले चलाउने बसमा १६ डिसेम्भर २०१२ मा गुडिरहेको बसमा निर्भयामाथि बलात्कार भएको थियो ।

२३ वर्षीय मेडिकल विद्यार्थीलाई सामूहिक बलात्कारपछि अपराधीहरूले सडकमा फालेका थिए । सख्त घाइते निर्भयाको उपचारका क्रममा २९ डिसेम्बरमा सिंगापुरमा मृत्य भयो ।

त्यसपछि निर्भयालाई न्यायको माग गर्दै दिल्ली लगायत विभिन्न भागमा विरोध प्रदर्शन भयो । उनको वास्तविक नाम भने गोप्य राखियो न्यायको लागि सञ्चार माध्यमले यो नाम जुराएको थियो ।

यो बहुचर्चित बलात्कार घट्नापछि भारत सरकारले जस्टिस वर्मा समिति गठन गरेर महिला हिंसा विरुद्धको कानूनको समिक्षा गर्‍यो ।

र सन् २०१३ मा कानून संशोधन गरेर बलात्कार जस्तो जघन्य अपराधमा मृत्यदण्डको सजायको व्यवस्था गर्‍यो ।

 

फोटो दिल्ली पोलिस,