ईराकमा हमला हुनसक्ने भन्दै नेपाली शान्ति सैनिकलाई सतर्कता अपनाउन निर्देशन ,,
पुस २३ ,काठमान्डौ – इराकमा शान्ति स्थापनाका लागि खटिएका नेपाली शान्ति सैनिकलाई सतर्क रहन नेपालि सेनाले निर्देशन दिएको छ ।
अमेरिकाले ईरानमा हमाल गरि इरानी सैन्य कमान्डर कासिम सुलेमानीको मृत्यु भएपछि ईरानले पनि अमेरिकी सेनाको बेसक्याम्पमा मिसाईल आक्रमण गर्न सुरु गरेको छ ।
नेपाली सेनाले इराकको किरकुक र इरविलमा रहेका नेपाली शान्ति सैनिकलाई सतर्कता अपनाउन निर्देशन दिएको छ ।
सेनाले बुधबार विज्ञप्ति जारी गरी अहिलेसम्म नेपाली शान्ति सैनिक सकुशल रहेको पनि उल्लेख गरेको छ ।
शान्ति स्थापनाका लागि इराकमा तैनाथ नेपाली सेनाको गार्ड युनिटलगायत लेबनान र सिरियामा तैनाथ नेपाली सेनाका युनिटमा पनि विशेष सतर्कता अपाउन निर्देशन दिएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।