सनम शाक्याको हत्यामा प्रहरीले प्रहरिमानै थाल्यो अनुसन्धान ,,

८ चैत , काठमाडौं – गत १९ फागुनमा गाडीको ढिकीमा मोरङ, उर्लाबारी–७ का ३३ वर्षीय शाक्यको शव भेटिएको थियो । आशंकामा प्रहरीले तिन जनालाई पक्राउ गरेपनि मुख्य अभियुक्त भने अझै फरार छन् ,तर यसको अहिले सम्म कुनै टुंगो नलागेको र प्रहरीले नै वेवास्ता गरेको भन्दै  हत्या को घटनामा प्रहरी प्रधान कार्यालयले प्रहरीमाथि नै अनुसन्धान थालेको छ ।

३३ किलो सुनको बिबादमा परेर सनम को अपहरण पछि निकै लामो समय पछि गुडीरहेको गाडीमा सब फेला परेपछि प्रहरीलाई तिब्र अनि गम्भीरतापूर्बक छानबिन गर्न निर्देसन दियपनि अहिले सम्म कुनै छानबिन भयको छैन यसमा प्रहरीले नै लापर्बाही गर्दा प्रहरी कै मिले मतो हुन सक्ने आशंकाले प्रहरी लाई नै अनुसन्धान गर्ने उजुरी परेको छ  ।

प्रहरी मुख्यालय स्रोतका अनुसार घटनाको अनुसन्धानका लागि डिआईजी पुष्कलराज रेग्मीको नेतृत्वमा एसएसपी वसन्त लामा, डिएसपी सुदिप पाठक र प्रहरी निरीक्षक भीष्म हुमारार्इँ रहेको समिति गठन भएको छ । यद्यपि, प्रहरी प्रवक्ता डिआईजी मनोज नेउपाने भने मुख्यालयले छानबिन गर्नु नियमित प्रक्रिया भएको बताउँछन् ।

त्यसैको एक साता वित्न नपाउँदै झापाको बिर्तामोडका सुन व्यापारी साजन मुखियाको हत्या भएको थियो । प्रहरीले मुखिया र सनमको घटनालाई जोडेर अनुसन्धान गर्ने प्रयास गरेको दाबी गरे पनि कनेक्सन भेटिएको थिएन । मुखियाको उनकै प्रतिष्पर्धी स्थानीय रिद्धिसिद्धि ज्वेलर्सका सञ्चालक पारसकुमार देव लागयतले हत्या गरेको इलाका प्रहरी काार्यालय, बिर्तामोडले निष्कर्ष निकालेको थियो ।

मुखियाको उनकै प्रतिष्पर्धी स्थानीय रिद्धिसिद्धि ज्वेलर्सका सञ्चालक पारसकुमार देव लागयतले हत्या गरेको इलाका प्रहरी काार्यालय, बिर्तामोडले निष्कर्ष निकालेको थियो ।