suekhet
bheriad

प्रदेश ३ को राजधानी हेटौडा कायम नाम वागमती ,

lekabesi

पुस २५ ,हेटौडा – नेकपा प्रदेश ३ को संसदीय दलको बैठकले प्रदेश ३ को राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ ।

नेकपा प्रदेश न ३ को शुक्रबार बसेको संसदीय दलको बैठकले राजधानी र नामबारे पार्टी केन्द्रले दिएको निर्देशनअनुसार नै निर्णय गरेको हो ।

बैठकपछि प्रदेश ३ का मुख्यमन्त्री समेत रहेका नेकपा प्रदेश ३ संसदीय दलका नेता डोरमणी पौडेलले राजधानी र नामबारे हेटौंडा र वागमतीमा सहमति भएको बताए ।

नेकपा सचिवालय बैठकले प्रदेश ३ को राजधानी हेटौडा र नाम वाग्मती राख्न केहि समय अघि निर्देशन दिएको थियो जसमा नेकपाकै सांसदहरुले असन्तुष्टि जनाएका थिए ।

नेकपा प्रदेश ३ की संयोजक अष्टलक्ष्मी शाक्यले केन्द्रले गरेको निर्णय प्रकृया नमिलेको भन्दै दलको बैठकमा व्यापक छलफल गरेर सहमति निकालिएको बताइन् ।अब भने फरक रहेको शाक्यले जानकारी गरिन , ।