प्रदेश ३ को राजधानी हेटौडा कायम दुईतिहाईले पारित ,

पुस २७ ,हेटौडा – प्रदेश ३ को राजधानी हेटौडा कायम भएको छ। ,आइतबार बिहान प्रदेश नं. ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ स्थायी राजधानी हेटौंडा नै कायम गर्ने प्रस्ताव पास गरेको हो ।

आइतबार बसेको प्रदेशसभा बैठकमा स्थायी राजधानी मकवानपुरकाे हेटौंडा तोकियोस् भन्ने मुख्यमन्त्री डोरमणि पौडेलले राखेको प्रस्ताव दुईतिहाई बहुमतले स्वीकृत भएको सभामुख सानुकुमार श्रेष्ठले घोषणा गरे ।

प्रदेश ३ लाई राजधानी बनाउने भन्ने विषयमा आईतबार बिहान मतदान समेत भएको थियो ,राजधानी हेटौंडा राख्ने प्रस्तावको पक्षमा भएको मतदानमा १०५ सांसदले पक्षमा मतदान गरे ।

३ सांसदले भने हेटौंडा स्थायी राजधानी बनाउन नहुने भन्दै विपक्षिमा मतदान गरेका थिए ।सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले यसअघि नाम र राजधानीबारे निर्णय गरेको थियो ।

जसमा प्रमुख विपक्षी नेपाली कांग्रेसँगै राप्रपा, राप्रपा संयुक्त र नेमकिपाले पनि समर्थन गरेका थिए ।