उपसभामुखले नेकपा सचिवालयलाई चुनौती दिदै आजपनि राजिनामा दिन मानिन ,
पुष २७ ,काठमान्डौ – आज बिहानै देखि वालुवाटारमा सभामुख छलफलको लागि बसेको बैठकले पनि सभामुखको टुँगो लग्न सकेन ।
,प्रधानमन्त्री निवास वालुवाटारमा बसेको छलफलमा प्रधानमन्त्री ओली अध्यक्ष प्रचण्ड लगायत शिर्ष नेताहरु छलफलमा बसेका हुन् ,।
बैठकमा उपसभामुख शिवमाया तुम्बाहाम्फेपनि छलफलको लागि पुगेकी थिइन्। ,तर लामो समयदेखि उनले राजिनामा दिनेकुरा अस्विकार गर्दै आएकि छिन।
,नेकपाको हिजो बसेको बैठकले उपसभामुखलाई राजिनामा गराउने निर्णय गरेपनि तुम्बाहाम्फे राजिनामा नदिनेमा छिन ।
उपसभामुखले राजिनामा दिएपनि सभामुख को हुने भने विषयमा झैँ टुँगो लाग्न सकेको छैन ,।
प्रधानमन्त्री ओलीले पुर्व सभामुख सुवास नेम्वाङ्ग लाई सभामुख बनाउने अडान लिएका छन् भने नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले अग्नि सापकोटालाई अगाडी बढाएका छन् ।
,तेस्तै रास्ट्रपति विद्यादेवी भण्डारीले भने उपसभामुखलाई नै सभामुख बनाउने भन्दै बोलेकी थिइन्। तेसैको बलमा उपसभामुखले राजिनामा दिनमा ढिलाई गरेको बुझिन्छ।
,तर, आजपनि कुरा नमिलेपछि आइतबार दिउँसो १ बजे निर्धारित संसद बैठक आउँदो माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ ।