बौद्दमा गुण्डा नाईकेलाई प्रहरीले गोलि हानेर ढाल्यो,

पुष २७ ,काठमान्डौ – काठमान्डौको बौद्दमा प्रहरीले गोलि प्रहार गरि हत्यामा संलग्न फरार अभियुक्तलाई नियन्त्रणमा लिएको छ।

कर्तव्य ज्यान मुद्दा र ज्यानमार्ने उधोगमा फरार रहेका विष्णु लामालाई प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ ।

प्रहरीलाईनै आक्रमण गर्न खोजेपछि प्रहरीले लामाको घुँडामुनि गोलि हानेको थियो ।महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले आइतबार साँझ गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।

उनको अहिले वीर अस्पातालमा उपचार भैरहेको छ लामा विरुद्ध बौद्धमा ज्यान मार्ने उद्योग र सिन्धुपाल्चोकमा १७ महिने बालिकाको हत्या अभियोगमा कर्तव्य ज्यान मुद्दा दर्ता छ ।

उनलाई प्रहरीले खोजि रहेको थियो महानगरीयप्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले भने ।

उनलाई विशेष सुचनाको आधारमा प्रहरीले सर्च गरिरहेको थियो विष्णु गुण्डा हुन् नाईके समेत रहेको पोख्रेलले बताए।