स्वास्थ्य परीक्षण र बकपत्र गर्नेलाई झिकाउन अदालतको आदेश महरा रोशनी प्रकरण ,

पुस २७ ,काठमान्डौ – निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई बलात्कारको आरोप लगाउने रोशनी शाहीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बयानका लागि बोलाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलासले पीडित भनिएकि महिला शाहीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन आदेश दिएको हो ।
उनका अनुसार उक्त घटनाका प्रमाणको प्रयोगशाला परीक्षण गर्ने राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कर्मचारी र घटना विवरणको कागज गर्ने व्यक्तिहरूलाई पनि बयानका लागि इजलास समक्ष उपस्थित गराउन आदेश दिइएको छ।

रोशनी शाहीले गत असोज १२ गते सभामुख महाराले आफूमाथि यौन हिँसा गरेको आरोप लगाई प्रहरीमा उजुरी दिएकि थीइन ।

,आरोप लागेपछि असोज १४ गते महराले सभामुख पदबाट राजिनामा दिए लगतै उनलाई १९ गते सभामुख निवासबाटै पक्राउ गरिएको थियो ,।
सभामुख महरा ले राजिनामा दिएपछि हाल सम्म सभामुख चयनले बाटो लिन सकेको छैन ।,काठमान्डौ जिल्ला अदालतले महराले यस्तो गल्ति नगरेका होइननकि भन्दै पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरेको थियो ।
,आफुलाई अदालतको आदेश चित्त नबुझेपछि महरा उच्च अद्लातमा रिट पेश गर्न पुगेका थिए ।
उच्च अदालत पाटनले पुस ३ गते महराको मुद्दालाई १ महिनाभित्र अन्तिम फैसला गर्न जिल्ला अदालत काठमाडौंलाई भनेको थियो ।
सोहि आधारमा जिल्ला अदालतले पीडितको स्वास्थ्य परीक्षण र बकपत्र गर्नेलाई उपस्थित गराउन आदेश दिएको हो।
