suekhet
bheriad

सभामुख विषयले नेकपाको प्रगति नचाहनेहरुको जिब्रो रसाएको छ ,

lekabesi

पुष २७ ,काठमान्डौ – अहिले नेकपा भित्र सबैको टाउको दुखाईनै बनेको छ ।’सभामुख चयनको विषय ।’

,नेकपा सचिवालयको बैठकले हिजो बसेर उपसभामुख शभामुख तुम्बाहाम्फेलाई राजिनामा दिन लागाउने भनेपनि उनले राजिनामा दिन मानिनन ।’

,आजपनि प्रधानमन्त्री निवास वालुवाटारमा केपी ओली र प्रचण्ड सहित शिर्ष नेताहरुको छलफल चल्यो ,राजिनामाको बारेमा जुन बैठकमा उपसभामुख शिवमाया तुम्बाहम्फेपनि उपस्थिति थीइन ।’

तर उनले आजको बैठकमा पनि राजिनामा नदिने भनेपछि यो विषय झन् लम्बिदै गयो ।’,बैठकमा पार्टीका महासचिव विष्णु पौडेलले भने उपसभामुखको राजिनामा र सभामुख चयनको विषयले नेकपा भित्र थेग्न नसक्ने विवाद समेत भएको छ ।’

उनले भने अहिले दुईवटा पार्टी एकता भएर नेकपा भएको छ ,नेकापा एक भएपछि जनता र देशको भलो नचाहने कतिको त जिब्रो रसाएको होला किनकि उनीहरु रंगीविरंगी सपनाहरु देख्ने गर्दछन ।’

अहिले जताततै सभामुख चयनको चर्चा चलेको छ कतिपय त्यसखालका तत्वहरु, नेकपाको अग्रगति, प्रगति देख्न नचाहने प्रवृत्तिहरुका जिब्रो रसाएका छन् ।

हो न हो सभामुखको प्रश्नमा नेकपा अन्तरविरोध गर्छ । यही प्वालबाट छिरेर नेकपालाई संकटमा धकेल्न सकिन्छ भन्ठानिरहेका छन् । भन्न चाहन्छु– यो बेकारको मृगतृष्णा हो ।

यस्तो मृगतृष्णा पूरा हुनेवाला छैन । कत्रा कत्रा चुनौतीको सामना गरेर, कत्रा कत्रा अन्तरविरोधहरुलाई किनारा लगाएर आएका छौं उनले भने ।

साथै हामी बडो हार्दिकतापूर्वक एकताबद्ध भएर सभामुख र उपसभामुखका प्रश्नमा निर्णय गर्छौं र त्यो लिएर देशबासीसामू आउछौं विष्णु पौडेलले भने ।’