शिवानन्द स्वामी प्रहरी नियन्त्रणमा बाबाभन्नेहरुको यस्तो छ हर्कत ,
पुष २८ ,काठमान्डौ – शिवानन्द स्वामी भनिने दिपक भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनले आफ्नै शिष्यलाई ठगी गरेको आरोपमा शिवानन्दलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
शिवानन्दलाई महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले सोमबार नियन्त्रणमा लिएको हो ।
शिष्यलाई विदेश पठाइदिन्छु भन्ने आश्वसन देखाएर रकम उठाएका शिवानन्दविरुद्ध ४ जना शिष्यले प्रहरीमा उजुरी दिएका थिए । शिवानन्दको टौदहमा आश्रम रहेको प्रहरीको दाबी छ ।