म संग शारीरिक सम्पर्क राख म सबै पाप मेटाईदिन्छु भन्ने चर्चका पास्टर पक्राउ ,

पुष २९ ,काठमान्डौ – जिल्ला ललितपुर कुसुन्तीस्थित आशा विश्वासी मण्डली चर्चका पाष्टर बिश्वास जोशी भन्ने ध्रुवबाबु जोशी जबरजस्ती करणी सम्बन्धी कसुरमा पक्राउ परेका छन् ।

पिडित महिलाको उजुरीका आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पिडित महिला भन्छिन म बिरामी भएको र चर्चामा गएपश्चात सन्चो हुन्छ भनि आशा विश्वासी मण्डली चर्चमा प्रार्थना गर्न जाने सिलसिलामा सो चर्चका पास्टर भन्ने व्यक्तिले मलाई भेटी तिमीले नराम्रो काम गरेको कारण तिमीलाई रोग लागेको हो।

सो पाप मेटाउनको लागी तिमीले म सँग शारिरीक सम्पर्क गर्नुपर्छ भनि म प्रार्थना बस्दा परमेश्वरले मलाई भन्नु भएको छ।

त्यस्तैले तिमीले मसँग शारिरीक सम्पर्क गर्नुपर्छ र तिमीले गरेको पाप नास भएर जान्छ’ उजुरीमा भनिएको छ ।

पास्टरले मलाई ललाई फकाई बिश्वास दिलाई बिगत ३ महिनादेखि जबरजस्ती करणी गरेको जनाएकी छन् । ‘

पहिले पटक ललितपुर जिल्ला ललिपुर महानगरपालिका अन्तर्गत चापागाँउमोडको एक गेष्ट हाउसको कोठामा बोलाई मेरो ईच्छा विपरीत ढोका बन्द गरी निज पाष्टरले मलाई करणी गर्नुभयो ।

मैले तिमीलाई शारिरीक सम्पर्क गरेको कुरा कोही कसैलाई भनेमा मलाई परमेश्वरले दिएको शक्ती नास भएर जान्छ, ।

तिमीले कसैलाई भनेमा तिमीलाई जे पनि गर्छु भनि धम्की दिई आएक,’ उजरीमा उल्लेख छ ।

दोश्रो पटक आफुले संचालन गरेको पसलमा आई जबस्जस्ती करणी गरेको र प्रतिकार गर्दा तिमीले मा संग पहिले पनि शारीरिक सम्बन्ध राखेकी छौ न मान्ने हो भने मा तिम्रा घर परिवारलाई भन्दिन्छु र चर्चामा सबैलाई भन्दिन्छु भन्दै डर धम्कि दिएर सम्बन्ध राखेको महिलाले बताएकि छिन।

साथै तेस्रो पटकपनि ति पास्टरले महिलालाई पुषको पहिलो हप्तामा सोहि पसलमा डर त्रास र जबर्जस्ति करणी गरेको पिडितको उजुरीमा लिखित बयान छ।