प्रधानमन्त्री भन्छन सरकारले राम्रो काम गरेको लेख्ने मन मुटुलावा सम्पादक छैनन् ,

पुष २९ ,काठमान्डौ – सरकारले गरेका राम्रा कामको समाचारनै नबनेको प्रधानमन्त्रीले बताएका छन् ।

,सरकारले काठमाडौंलाई सडक मानव मुक्त बनाए पनि प्रशंसामा लेख्ने बोल्ने सञ्चार माध्यम नभएको प्रधानमन्त्री ओलीले सुनाए ।

नेपाल चेम्बर अफ कमर्सकाव्यवसायीसँगको भेटघाटका क्रममा मंगलबार प्रधानमन्त्री ओलीले सरकारका राम्रा कामकासमाचार नै नबन्ने गरेको सुनाए ।

तेस्तै राम्रो कामको समाचार बन्ने बितिकै उसलाई किन राम्रो लेखिस भनेर गालि आउन थाल्छ जसले गर्दा राम्रो कामको समचार बनाउने मन मुटु नभएका सम्पादक समेत नभएको उनले बताए ।

हामीले सामाजिक कुरामा अर्थ राख्ने काम गरेका छौ ,तेस्को कुनै मुल्यांकन छैन ,काठमान्डौका पेटी भरि मागिखाने बस्थे ,झिंगा धपाउने ,कुकुरसंग सुत्नेको पाईन्थ्यो ।

तेस्तालाई आज हामीले राख्ने बस्ने खानेको प्राबधान गरिउ ,ठग बेघरलाई घर पठाईदिने र साचिकै बेघरहरुलाई वेवास्थापन गर्दिने गरेका छौ ।

सोच्दा यो साना कुरा लाग्न सक्छन तर गर्न कति कठिन छ। खै यस्ता कहिले समचार बन्दैनन् ,उनले भने ।

हामीले गरेका राम्रा कामहरु देखिने र बज्ने टेलिभिजन समेत छैन्न ।,बल्कि राम्रो कामलाई पनि बिगारेर नराम्रो भन्ने र लेख्नेको प्रवृति बढेको ओलीले बताए।

,मैले पानीजहाजको कुरा गर्दा धेरै मान्छे हासो ठट्टा गर्थे अहिले धमा धाम काम भएपछि हो रैछ है भनेर हेर्ने गरेका छन् उनले भने।

पहिले हामीलाई रोडको समस्या थियो अहिले हामीले कोलकत्ता मात्रै होइनविसखापट्टनम, मुम्बइ,पूर्व—पश्चिम सबै ठाउँबाट रोड छ। चीनसँग पनि हामीले विभिन्न सम्झौतागरेका छौँ।धेरै नाकाहरू खुलिसकेका छन्।

चेम्बरका व्यवसायीहरूलाई लगानीमैत्री वातावरण निर्माणका लागि ऐन कानुनहरूमा संशोधन गर्नुपर्ने भए संशोधन गर्न तयार रहेको पनि ओलीले बताए।

तेस्तै प्रधानमन्त्री ओलीले थपे हामि कँहा छौ भन्दा छाउपडी रछाउगोठवाला समाजमा बसिरहेका छौ ।