आज माघे सक्रान्ति देशभर धुमधामले मनाईदै ,
माघ १ ,काठमान्डौ – आज माघे सक्रान्ति देशभर धुमधामले मनाईदै छ ।,
आजका दिन सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्दछन् र आजको दिनलाई माघे सक्रान्ती, तिलुवा सक्रान्ती या मकर सक्रान्ती या माघीका रुपमा आ-आफ्नै विशेषता र सांस्कृतीक महत्वका साथै मनाईने गरिन्छ ।
आजको दिनलाई विशेषगरि थारु समुदायले नँया वर्षको रुपमा मनाउने गर्दछन ।,तेस्तै मगर समुदायलेपनि आज माघे सक्रान्तिलाई मनाउने गर्दछन भने मगर समुदायले अवसरमा काठमाडौंको टुँडिखेलमा महोत्सव आयोजना गरेका छन् ।
तराईमा बसोबास गर्नेले आजको दिन स्नान गर्ने दिन भनेर मनाउने गर्दछन ।नुवाकोट धादिङ्गका विभिन्न स्थानमा गुरो जुधाउने चलन छ ।
गाँउ घरमा भने बिहानैदेखि बाल बालिकाहरु घर घरमा गएर रमाईलो गर्ने ,पाईयो खेलने तरुल शखरखण्ड ,फर्सी ,खिचडी ,सेलरोटी जस्ता परिकारहरु खाने र एक अर्कामा माया प्रेम साट्ने गरिन्छ ,।
आजवाट सूर्यको दिशा उत्तरायणतर्फ लाग्दैछ,।उत्तर उन्मुख यो सूर्यको दिशा अझ न्यानो असर गर्ने र आजवाट हिँउद घट्दै जाने र बसन्तका साथै ग्रिष्म वढ्दै जाने मान्यता छ ।
आजका दिन काठमान्डौ ,भक्तपुर लगायतका विभिन्न ठाँउमा मेला समेत लाग्ने गर्दछ