ढकालको घरमा विस्फोट हामीले गरेको हो विप्लव ,

माघ १ ,काठमान्डौ – काठमान्डौको नागार्जुन-१ नर्सरी चोकस्थित शक्तिशाली बम विस्फोट भएको छ ,।

बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ ।

विस्फोटबाट घरको झ्यालका सिसा फुटेका छन् भने पार्किङ्गमा अराखेको गाडीमा क्षति भएको छ ।

विस्फोटमा कुनैपनि मानवीय क्षति नभएको बताईएको छ भने बिस्फोटको जिम्मा नेत्र विक्रम चन्द विप्लवले लिएको छ ।

साथै चन्द समुहले ढकालको घरमा प्रेसरकुकर बम विस्फोट गराएको समेत बोलेको छ ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने योजनाको मुख्य योजनाकार ढकालको घरमा सेवोटेज गरिएको विप्लव समूहले जनाएको छ ।

विस्फोट भएको घरमा प्रहरीले अनुसन्धान गरिरहेको छ।