१७ हजार मान्छे राज्यसत्ताले मारेको हो मैले होइन प्रचण्ड ,

माघ १ ,काठमान्डौ – देश र जनताको हितको लागि लड्दा सम्मपनि अझै जनताले आफुलाई १७ हजार को हत्यारा भन्दै बोल्ने गरेको प्रचण्डले असन्तुस्टि जनाएका छन् ,।

देशमा सिंगो परिवर्तन गणतन्त्र लोकतन्त्र ल्याउदा राज्यसत्ताबाटनै १७ हजारको बलिदान भएको उनले बताएक छन् ।

साथै धेरै मात्रामा अंग भंग रहेको समेत उनले बताए ,बुधबार काठमाडौँको टुँडिखेलमा माघी महोत्सवलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले आफूमाथि बारम्बार लाग्दै आएको आरोपमा कुनै सत्यता नरहेको समेत बताए ।

उनले भने म माथि बारम्बार गलत आरोप लगाउने १७ हजार मान्छे मार्यो भन्ने त्यो सत्य होइन ,देश र जनताको लागि परिवर्तनमा १७ हजारको ज्यान राज्यसत्ताले लिएको हो ।

,हो ५ हजारको जिम्मा तपाईले लिनुपर्छ भने म तयार छु प्रचण्डले भने। तेस्तै प्रचण्डले  रेशम चौधरी छिट्टै छुट्ने दावी गरेका छन् ।

उनले सम्बोधनका क्रममा झूटा मुद्दा लगाएकाहरुलाई छुटाउन आफ्नो प्रयास जारी रहेको भन्दै रेशम चौधरीलाई छुटाएरै छाड्ने बताए ।

उनले डिल्लीबजारस्थित सदर खोरमा पुगेर आफूले रेशम चौधरीलाई भेटेको समेत खुलासा गरे ।

टीकापुर घटना, रेशम चौधरी वा थारु समूदायका समस्याबारे आफू जानकार रहेको भन्दै अझैपनि त्यसका लागि सहयोग जारी रहने प्रचण्डले बताए ।