मन्त्री बास्कोटा भन्छन खै भिम रावललाई वालुवाटारबाट कसले धम्कि दियो होला र ,

माघ २ – काठमाडौ – भिम रावललाई कुनैपनी सुरक्षाको कमि नहुने सञ्चार मन्त्री गोकुल बास्कोटाले बताएका छन ।

केही दिन अगाडी मात्र भिम रावलले आफुलाई वालुवाटारबट ज्यान मार्ने धम्की आएको बताएका थिए ।

सगरमाथा टिभिजनमा एक अतर्वार्तामा बोल्दै उन्ले आफुले एमसिसिको विरोध गर्दा वालुवाटारबाट ज्यान लिने धम्की आएको बताएका थिए ।

भिमरावलको त्यो कुराले जताततै सबैको चासो समेत देखिएको थियो । धम्की कस्ले दियो भन्ने कुरा भने रावलले कसैको नाम लियनन ।

वालुवाटार प्रधानमन्त्री निवास हो तर भिमरावलाई भने कसैले धम्की नदिएको मन्त्री बास्कोटाले बताए ।नेपाल सरकारका निर्णय सार्वजनिक गर्दै बास्कोटाले भने

मलाई लाग्छ भिमरावललाई कस्ले धम्की दियो तेस्तो त लाग्दैन वालुवाटारबाट प्रधानमन्त्रीले तेस्तो बोल्नु होला जस्तो पनि लाग्दैन तर जो कोहिले पनि धम्की दियको जान्कारी हुन आएमा तेस्तो ब्याक्तीलाई कार्बाही हुने पनि उन्ले भने ।

तेस्तै मन्त्रि बास्कोटाले भने विप्लवले वालुवाटारको जग्गा कब्जा गर्ने घोषणालाई चर्चामा आउने दाउमात्र भएको बताए ।

ललिता निवासको सरकारी जग्गामा विप्लव समूहले झण्डा गाडेको बारेमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सार्वजनिक चासो भएको विषयमा कुनै एक्सन गरेर चर्चामा आउने दाउमात्र भएको बताए ।