असहायहरुको सेवामा जोडीए नायक पुष्प खडका ,
माघ २ ,काठमान्डौ – नेपाली चलचित्र क्षेत्रका नायक पुष्प खाका असहायहरुको सेवामा जोडीएका छन् ।
,पुष्प खडकाले कैलालीमा रहेको सहारा घरमा पुगेर असाहाय तथा घरबार बिहिन बालबालिकाहरुलाई भेट गरेका छन् ।
,खड्काले सहारा घरलाई ५० हजार नगद पनि सहयोग गरेका छन् भने आगामी दिनमा पनि सहयोग गर्ने बचन समेत व्यक्त गरेका छन्।
नायक पुष्प खडकाले सहारा घरमा बाँचीरहेका अनाथ बालबालिका हरुसंग बसेर खाना समेत खाएका छन् ।
खडका कैलालीस्थित बर्दगोरियामा जारी माघी मेलामा उपस्थित हुन पुगेका हुन् ।
कैलालीमा असहायका लागि सहयोगी हातहरु नेपाल सहारा घर २०७२ बाट सुरु गरिएको छ। जसले जिल्लामा असाहय ,दुखि ,अनाथ बृदालाई सेवा गर्ने गर्दछ ।
कैलाली जिल्ला वर्दगाेरिया गाउँपालिका काे वडा नम्बर २ मा रहेको याे सँस्थामा असहायका लागि सहयोगी हातहरु नेपाल काे सहारा घर हाे ।
यहाँ ७० जना घर परिवार अाफ्न्त नभएका सडक मानव पाहुना छन तेस्तै संथाले ७५ जनालाई परिवार पतालगाएर परिवार सम्म पाठाएको छ ।