मिलन नेवारको स्वरमा रहेको”कल्पनामा”बोलको गीतको म्युजिक भिडियो बजारमा ,
चर्चित गायिका मिलन नेवारको स्वरमा रहेको”कल्पनामा“बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
दिपेन्द्र खडकाको शब्द तथा बिबी अनुरागिको संगीत रहेको उक्त गीतको भिडियोलाई चर्चित नेर्देशक तथा कोरियोगरफ देबेन्द्र कुँवरले निर्देशन गरेका छन् ।
राजधानी फिल्मसको पर्दामा निर्माण गरेको म्युजिक भिडियोलाई नरेश ऐरले खिचेका छन् भने यो म्युजिक भिडियोलाई पब्लिसिटी लक्ष्मण चौहानले गरेका हुन् । म्युजिक भिडियोलाई राजेश कुमारले सम्पादन गरेका हुन्
यो म्युजिक भिडियोमा भिम खडका र अनु प्रधानको अभिनय हेर्न सकिन्छ । भिम खडका नेपालि सांगीतिक क्षेत्रका एक हस्ती हुन् । खडकाले बिभिन्न विधाका गितमा अभिनय गरिसकेका छन् ।
दर्जनौ गीतमा अभिनय गरिसकेका खडकाले यो गीतमा फरक शैलीले प्रस्तुत भएका छन् भने यो म्युजिक भिडियोमा मोडल अनु प्रधानले डेव्यु गरेकी छन् ।
नव मोडल अनु प्रधान पहिलो पटक अभिनय गरेकी हुन् । राम्रो प्रतिभा भएकी मोडल प्रधानले राम्रो मेहनत गरेकी छन् भने अब आम दर्शक स्रोताले कतिको माया एबम रुचाउछन् त्यो भने हेर्न बाकि नै छ ।
दोलखाका विभिन्न रमणीय ठाउँमा प्रमोद श्रेष्टको ड्रोन छायांकनमा तयार भएको म्यूजिक भिडियाे आम नेपाली श्रोता तथा दर्शकहरूले मन पराउने रुचाउने हुने अपेक्षा निर्माण पक्षले बताएका छन् ।
राजधानी फिल्मसको प्रस्तुति रहेको गीतको म्युजिक भिडियो राजधानी फिल्मसको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
आशा छ यो गीत पनि चर्चाको शिखरमा चढने छ ।