
प्रधानमन्त्री ,प्रधानन्याधिस भिभिआईपी सुरक्षामा पनि विप्लवले कसरि हान्यो बम अबको टार्गेट महासचिव देखि सुपरमार्केट ,
माघ ३ ,काठमान्डौ – नेकपा नेत्रविक्रम चन्द विप्लवले काठमान्डौमा अबसर राजी गर्ने भिआईपि नेतालाई थ्रेट गरेको छ ,।
विप्लवको थ्रेट संगै काठमान्डौमा भिआईपि, भीभीआईपी बसोबास तथा आवतजावत गर्ने स्थानहरु ‘लोकेटेड’ गरेर सुरक्षा व्यवस्था मजबुत बनाइएको प्रहरीले बताएको छ ।
विप्लव समुहले बुधबार साँझ नागार्जुन र बालुवाटारमा एकै समयमा बम विस्फोट गराएपछि काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।
प्रधानमन्त्री, प्रधान्यायाधीश र सभामुखलगायतको निवास रहेको बालुवाटार क्षेत्रमा विप्लव समूहका कार्यकर्ताले बम राखेपछि सुरक्षा चुनौती थपिएको महसुस गर्दै प्रहरीले बम विस्फोटको घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ ।
गृहमन्त्री राम बहादुर थापा बादलले चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका थिए ।
बादलले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका हुन् ।
काठमाडौँ प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रीहरु तथा विभिन्न दलका नेताहरु बसोबास गर्ने स्थानहरुमा सुरक्षा व्यवस्था थप कडा पारिएको हो ।
माघ १ गते वालुवाटार ललिता निवास प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा विप्लव समूहले बम विस्फोट गराएको थियो ।
त्यस्तै सोही दिन ललिता निवास परिसरमै पनि कुकर बम विस्फोट भएको थियो यो घटनाको जिम्मा विप्लवले लिएको थियो ।
राज्यको सम्पति सो सम्पत्ति व्यक्तिले चरम रुपमा दुरुपयोग गरेको भन्दै सो प्रकरणमा जोडिएकाहरुलाई लक्षित कारबाही थालेको विप्लव निकट एक नेता बताउँछन् ।
विप्लवले समुहले वालुवाटारको मुख्य गेट छलेर तारबार गरेको ठाउँबाट उक्लिएर बालुवाटारस्थित ललिता निवास परिसरमा बम विस्फोट गराएको थियो ।
,यस्तै ललिता निवास प्रकरणमा मुछिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव पौडेललाई विप्लव समूहले मुख्य ‘टार्गेट’ मा राखेको घोषणा गरेको छ।
। ढकालको घरमा भेटिएको विप्लव समूहको पर्चामा महासचिव पौडेललगायत केही व्यक्तिहरुको नाम टार्गेट सूचीमा राखेको पाइएको हो ।
विप्लवको कारबाहीको लिस्टमा विष्णु पौडेल, भाभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, गोयल समूह, चाचन ग्रुप, केडिया ग्रुप, सारदा ग्रुप, रामकुमार सुवेदी र गोपाल खनाल छन् ।
विप्लव समुहलाई सरकारले अपराधिक गतिविधिमा लागेको भन्दै प्रतिबन्ध गरेको छ ।
,अहिले विप्लवले ठाँउ,ठाँउमा बम विस्फोट देखि कर नतिरेको भन्दै एनसेल टावरमा आगजनी गर्ने गरेको छ ।तेस्तै विप्लवका अहिले सम्म हजराऊ कार्यकर्ता पक्राउ परिसकेका छन्।