अब नेपालगञ्ज शहरमा खानुहोस १० रुपैँयामा पेट भरि खान साथ्मा मिठाई पनि ठेगाना याद गर्नुसोस ,
माघ ४ ,काठमान्डौ – सुन्दा त चम्म लाग्छ तर यो जमानामा १० रुपैंयामा खाना त्यो पनि पेटभरि यो सत्य नै हो ,।
नेपालगञ्ज सदरलाइनका नरेश अग्रवालले १० रुपैंयामा पेटभरि खाना दिने गरेका छन् ।
बालाजीका भक्त अग्रवालले व्यवसायबाट ‘रिटायर्ड’ पछि गत कार्तिकदेखि रु १० मै खाना दिने पुण्य काम गर्दै आएका हुन्।
उनले सदरलाईनस्थित नगर भवनअगाडि मंगलबार र शनिबार ‘मेस’ चलाएर रु १० मै एक छाक खाना खुवाउने गरेका छन् ।
मेसमा खान खान पाँच सय जनासम्म सर्वसाधारण खाना खान पुग्छन्। खानामा भात र दालका साथै मिठाई पनि दिइन्छ,’ उनले भने।
आफूले कमाएको पैसा महँगो खानाको जोहो गर्नै मुस्किल पर्नेलाई राहत त दिएको छ नै,।
खानाकोे गुणस्तरमा कुनै सम्झौता नगर्ने कारण अरू पनि खाना खान पुग्छन्। ६९ वर्षीय अग्रवाल नेपालगञ्जका परिचित व्यवसायी हुन्।
उनले २०५० सालदेखि रामदूत स्टेशनरी सञ्चालन गर्दै आए। ‘छोराहरु व्यवसायमै छन्उ,नका जेठा छोरा आदेशले रामदूत प्रिन्टर्स चलाएका छन्। कान्छा छोरा निखिल पनि व्यवसायमा गर्छन्।
अग्रवालले सबैको साथ र सहयोग पाए आगामी दिनमा यसलाई अझै विस्तार गर्न सकिने पनि बताए यो पुण्यकाममा सबैको साथ् रहने पनि उनले बताए ।
आफु बाँचुन्जेल सम्म यो कार्यलाई आफुले निरन्तरता दिने पनि आग्रवालले बताए ।