suekhet
bheriad

१ करोड चोरी रकममा नेपाली कांग्रेस नेताको संलग्नता,

lekabesi

माघ ४ ,काठमान्डौ – भारतबाट चोरी गरि ल्याईएको १ करोड ३ लाख रुपैंयामा नेपालि कांग्रेस निकट दलित संघका केन्द्रिय सदस्य पदम नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

, तर, दलित संघको केन्द्रीय अध्यक्ष मिनबहादुर विश्वकर्माले भने नेपाली केन्द्रीय सदस्य नरहेको बताएका छन् ।

भारतको नयाँ दिल्लीबाट चोरी गरी ल्याएको १ करोड ३ लाख रुपैयाँ कैलाली प्रहरीले पुस २९ गते बरामद गरेको थियो ।

यसअघि सोही घटनामा बाजुरा बूढीगङ्गा नगरपालिका,१, डुड्ग्रीका २९ वर्षीय जहरसिंह थापा, २८ वर्षीया मनाकुमारी खड्का र ३२ वर्षीया विन्दाकुमारी थापालाई प्रहरीले पक्राउ गरेको थियो ।

जहरसिंह र मनाकुमारी भारतमै रोजगारी गर्दै आएको प्रहरीले बताएको छ । मंसिर ४ गते नयाँ दिल्लीस्थित विशाल अग्रवालको घरबाट उनीहरूले उक्त रकम चोरी गरेर फरार भएको प्रहरी अनुसन्धानमा खुल्न आएको डीएसपी दक्षकुमार बस्नेतले बताए ।

रकम चोरी भएपछि भारतीय राजदुतावासमार्फत नेपाल प्रहरीलाई जानकारी गराईएको थियो ,प्रहरीले खानतलासी गर्दा कैलालीको गौरीगंगा नगरपालिकामा रहेको विन्दाकै घरभित्र खाल्डो खनेर टिनको बाकस गाडिएको अवस्थामा रकम फेला परेको थियो ।

पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरि आवश्यक अनुसन्धान भईरहेको बस्नेतले जनाएका हुन्।