गायिका आस्था रावतलाई कारवाहीको थालनी सुरु भोलि प्रहरीचौकीमा झिकाईने,कसुर प्रमाणित भएमा के हुन्छ यस्तो छ ,
माघ ४ ,काठमान्डौ – गायिका आस्था रावतलाई कारबाही गर्न प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
जसको लागि आस्थालाई भोलि आईतबार झिकाउने प्रहरीले तयारि गरिरहेको छ । यसका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिने पनि तयारी भईरहेको छ ।
केहि दिनआगाडि मात्र गायिका रावतले आफुलाई महिला प्रहरीले अभद्र व्वाबहार गरेको भन्दै सामाजिक संजालमा आक्रोस पोखेकी थीइन ।
,उनको आक्रोस पोखीएको भिडियो जताततै भाईरल बनेको थियो ,डिउटिमा रहेकी प्रहरी जवान रमिला श्रेष्ठले भने रावतले उल्टै आफुमा अमला देखाउदै अभद्र व्वाबहार गरेको भनि महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा शुक्रबार राउतविरुद्ध उजुरी दिएकी थिइन्।
उजुरीको व्यहोरा र सीसीटीभी फुटेज महानगरीय प्रहरी कार्यालयले काठमाडौं परिसरलाई कारबाही थाल्न निर्देशन दिएको थियो।
महानगरीय प्रहरी कार्यालयले राउतमाथि ऐनको दफा ११८ अन्तर्गत अनुसन्धान गरी आवश्यक कारबाही गर्न महानगरीय प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको छ।
अभद्र व्यवहार गर्न नहुने संहिताको ११८ नम्बर बुँदाको प्रावधान अनुसार अनुसन्धान भइरहेको काठमाडौं प्रहरी स्रोतले जानकारी दियो।
उक्त दफामा भनिएको छ, ‘कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन। त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।’
यो पनि
पारस शाहले विमानस्थलमा प्रहरी नायबलाई हात हाल्दा बोल्ने आँट आएन आस्था रावतलाई कारवाही किन ,