को हुन् सभामुख बन्न लागेका अग्नि सापकोटा ,
माघ ५ ,काठमान्डौ – लामो समयको छलफलपछि नेकपाले सभामुख चयन प्रक्रिया टुंग्याएको छ ।
,नेकापले पुर्व एमाओवादीका नेता अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेको छ ,।को हुन् त सभामुख बन्न लागेका अग्नि सापकोटा उनको छोटो परिचय यस्तो छ ,।
२०७४ सालमा भएको संसदीय निर्वाचनमा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ मा काँग्रेसका प्रभावशाली नेता मोहन बस्नेतलाई हराउँदै निर्वाचित भएका अग्नि सापकोटा सिन्धुपाल्चोकको चौतारा ६ कुविण्डेमा २०१४ साल फागुन २४ गते जन्मिएका हुन् ।
०३५ सालबाट राजनीतिमा सक्रिय सापकोटाले पटक–पटक जेल जीवन बिताएका छन् ।
०४८ सालमा संयुक्त जनमोर्चाकातर्फबाट प्रतिनिधिसभा निर्वाचनमा उमेदवार बनेका उनी पराजित भएका थिए ।
०५१ सालमा तत्कालीन माओवादीको केन्द्रीय सदस्य बनेका सापकोटा माओवादी र सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोली सदस्य समेत थिए ।
सापकोटाले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । ०५२ सालबाट भूमिगत भएका उनी माओवादी शान्तिप्रक्रियामा नआउँदासम्म पूरै समय भूमिगत बसेका थिए ।
सापकोटाले यसअघि सूचना तथा सञ्चार र वन मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।