अब बुद्द ऐयर दैनिक काठमान्डौ देखि सुर्खेत सम्म ,,

९ चैत, काठमाडौं – बुद्ध एयरले फेरि काठमाडौं-सुर्खेत सिधा उडान सञ्चालन गर्ने भएको छ , कर्णाली प्रदेश सरकारको पहलमा नया वर्ष को उप्लक्षय्मा बैसाख १ गते २०७५ सालबाट उडान शुरु गर्ने भयको छ

उडान सञ्चालनका लागि बुद्ध एयरले नेपाल नागरिक उड्डयन प्राधिकरण समक्ष निवेदन दिने तयारी गरेको छ । १८ सिट क्षमताको बीच १९०० डी जहाजले दैनिक उडान भर्ने जनाइएको छ ।

बुद्ध एयरले २०६९ पुसदेखि २०७० असारसम्म काठमाडौं, सुर्खेत उडान सुरु गरेपनि पर्याप्त यात्रु नहुँदा आर्थिक भार परेको भन्दै उडान रोकिएको थियो ।
काठमाडौं देखि सुर्खेतसम्मका लागि नागरिक उड्डयन प्राधिकरणले एकतर्फी भाडा ११,४१९ तोकेको छ । बुद्ध एयरले भने एकतर्फी ८ हजार ५०० र बाँकी आधा सिटको १० हजार ५०० तोकेको छ ।