बेल्जियमकी राजकुमारीको एक हप्ते भर्मण कैलाली देखि चितवन सम्म ,

माघ ५ ,काठमान्डौ – बेल्जियमकी राजकुमारी एस्ट्रिड भर्मणको लागि काठमान्डौमा आईपुगेकी छिन ,।

उनलाई आइतबार त्रिभुवन विमानस्थलमा उद्योग, वाणिज्य तथा आपूर्ती राज्यमन्त्री मोतिलाल दुगडले स्वागत गरेका छन् ।

नेपाल भ्रमणमा आएकी राजकुमारी एस्ट्रिडले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी, उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

उनको एकहप्ते भर्मण् काठमान्डौ देखि कैलाली र चितवन सम्म हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

राजकुमारी एस्ट्रिडले कुष्ठरोगसँग सम्बन्धित कार्यक्रममा सहभागीता जनाउने पनि पररास्ट्र मन्त्रालयले जनाएको छ।

उनले कैलालीमा क्षयरोग केन्द्रको उद्घाटन कार्यक्रममा जानेछिन भने कुष्ठरोग र क्षयरोगका बिरामीहरूसँग भेटघाट गर्ने कार्यक्रम पनि तय भएको छ।

एस्ट्रिडले नवलपरासीमा रहेको मध्यबिन्दु अस्पतालको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ।

अस्पतालमा रहेका सेवा सुविधाहरुलाई बेल्जियमको गैरसरकारी संस्था डमीयन फाउन्डेसनले सहयोग गर्दै आएको छ।

राजकुमारी उक्त संस्थाको मानार्थ अध्यक्ष समेत हुन्। राजकुमारी समाजसेवा र पर्यावरण संरक्षणका लागि विभिन्न संघ संस्थाहरूमा समेत आबद्ध छिन्।