रास्ट्रीय सभा निर्वाचन १२ बजे बाट मौन अवधि ,

माघ ६ ,काठमान्डौ – माघ ९ गते रास्ट्रीय सभाको निर्वाचन हुँदै छ ,।रास्ट्रीय सभाको निर्वाचन बिहीबार सात प्रदेशका उच्च अदालत रहेका जिल्लाहरू क्रमश, मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा हुँदैछ ।

जसका लागि निर्वाचन आचार संहिता बमोजिम राती १२ बजेबाट ४८ घण्टे मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

रास्ट्रीय सभा निर्वाचनको लागि आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै मौन अवधिमा आचार संहिता अनुसार निर्वाचन प्रचार प्रसारका कुनै पनि कार्य गर्न नपाइने उल्लेख गरेका छन् ।

निर्वाचनको लागि कुनैपनि सञ्चार माध्यामबाट प्रचार प्रसार आफ्ना वेव ,फेसबुक ,ट्वीटर,भईबर,विधुतिय माध्यमको प्रयोग गरी मत गर्न पाईनेछैन भन्दै विज्ञप्ति गारीएको छ ,।

यस अवधिमा निर्वाचन, मतदाता र मतदान कार्यलाई प्रभाव पार्ने गरी वा त्यस्तो उदेश्य लिई छलफल, गोष्ठी, सेमिनार, अन्तरक्रिया, मतदाता शिक्षा, पत्रकार भेटघाट वा यस्तै प्रकृतिका कुनै पनि कार्य गर्न गराउन पाइने छैन् ।

मौन अवधिको पालना गरी/गराई निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गराउन सहयोग पुर्‍याउन सबै मतदाता, उम्मेदवार, राजनीतिकर्मी, निर्वाचनमा संलग्न कर्मचारीलगायतलाई आयोगले आग्रह गरेको छ ।