सवारी साधनको लाईसेन्स अब सुर्खेतबाट मुख्यमन्त्री शाहीले गरे सुभारम्भ ,

माघ ६ ,काठमान्डौ – कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेत स्थित यातायात व्यवस्था कार्यालयवाट सवारी चालक अनुमतिपत्र वितरण सुरु हुने भएको छ  ।

, कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री महेन्द्रबाहदुर शाहीले सवारी चालक अनुमतिपत्र वितरणको शुभारम्भ भगरेका हुन् ।

कर्णाली बासीले सवारी चालक अनुमतिपत्र लिन अहिले सम्म नेपालगंज धाउने गरेका थिए  ।

,सुर्खेतबाटनै अनुमतिपत्र वितरण कार्यको लागि कार्यक्रममा बोल्दै मुख्यमन्त्री महेन्द्रबाहदुर शाहीले भने चालक अनुमतिपत्र जस्तो गम्भीर विषय हो  ।

,हिजोको दिनमा कर्णालीमा भएका गतिविधिलाई हेर्दा हामि धेरै पछि छौ जस्तो लाग्ने गर्थ्यो ,।

हाम्रा भन्नेलाई टाढा राखेर दक्ष ब्याक्तिलाई मात्र अनुमति पत्र वितरण गर्न वयवस्था विभागलाई शाहीले आग्रह गरे  ।

,कसैको नाता गोता र पावरको भरमा होइन क्षमताको आधारमा प्रभावकारी हुने गरि अनुमतिपत्र संचालन गर्न कर्मचारीलाई उनले आग्रह गरे ।

,एक जना ड्राईभरको भरमा सयौको जिन्दगि चलेको हुन्छ ।,हाम्रा सुर्खेतमा थुप्रैले सवारी तानातान समेत गरेको घटना बाहिरिन्छन ।

,साथै कति पुराना कस्ता गाडी सडकमा चलाउने र रोड परमिट दिने भन्ने बारेमा पनि तत्कालै निर्णय गरिने मन्त्रि शाहीले बताए ।

तत्कालै चालकलाई ड्राइभिङ् सेन्टर नभएको हुँदा प्राभेट कसैको लगेर संचालन गरिने पनि मन्त्रि शाहीले बताए ।

,तेस्तै ड्राईभिङ् सेन्टरमा सरकारका सिसि क्यामेरा र कम्पुटर राखिने पनि उनले बताए ।

सुर्खेतबाटनै सवारी साधन वितरण हुने भएपनि वयवस्थापन कार्यमा केहि समय लाग्ने यातायात व्यवस्थापन कार्यालयका प्रमुख आनन्द चपाईले बताए ।