उपसभामुखले दिईन राजिनामा ,
माघ ६ ,काठमान्डौ – उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजीनामा दिएकी छन् ।बैठकमा आफ्नो राजीनामा घोषणा गर्दै आफुले आफ्नो ईमान्दारिता देखाएको बताउदै दलहरुलाई सांकेतिक रुपमा आफ्नो जरा र हैसियत नबिर्सन चेतावनी दिइन् ।
उपसभामुख तुम्बाहाङफेले लोकतन्त्र र खुला समाजमा गरिने हरेक निर्णयहरु जनताको सुक्ष्म निगरानीमा रहने भन्दै तिनको औचित्यको परीक्षा पनि समयको कसीमा घोटिएर भइरहेको बताइन् ।
उनले निर्णय र सार्वजनिक जवाफदेहीताको बीचमा उचित सामञ्जस्यता हुनुपर्ने कुरामा सवै पक्षले ध्यान पुर्याउनुपर्ने बताइन् ।