देउवाको सम्पर्क कार्यालय भएको ठाँउमा पौडेल समुहले खोल्यो छुट्टै सम्पर्क कार्यालय ,

माघ ६ ,काठमान्डौ – कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको चौधौं महाधिवेशनलाई लक्षित गरी सोमबारदेखि सम्पर्क कार्यालय खोलेको छ ।

पौडेल पक्षले काठमान्डौको अनामनगरस्थिति व्यवसायी एवं कांग्रेस कार्यकर्ता राजेन्द्र बजगाईँका भाइ नबराज बजगाँईको ‘बुद्ध एकेडमिक’ पाठ्यक्रम प्रकाशन कार्यालय रहेको घरमा सम्पर्क कार्यालय स्थापना गरेको हो ।

पौडेल पक्षले ‘सामाजिक लोकतन्त्र अध्ययन केन्द्र’ को नामबाट आफ्नो सर्म्पक कार्यालय चलाउने भएको छ ।

यसअघि पार्टी सभापति शेरबहादुर देउवाले पनि यहीँ सम्पर्क कार्यालय बनाएका थिए । पौडेलले सोमबारदेखि नै सम्पर्क कार्यालयबाट भेटघाट सुरु गरेका छन् ।