
कतै जाँदै हुनुहुन्छ छाता नबिर्सनुहोस ,
माघ ७ ,काठमान्डौ – अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहदै आएको छ ,।
कहिले मौसममा सफा देखिने गरेपनि यो प्रभाव अझै केहि हप्ता नेपालमा रही राख्ने मौसम पूर्वानुमानले बताएको छ ।
मौसम पुर्वानुमान भन्छ देशका पश्चिम भू भागमा सामान्य बदलि रहेको छ भने अन्य भू–भागमा आंशिक बदली भईरहेको छ।
आज दिउँसो पनि देशका अधिकांस भू भागमा बदलि रहने छ तेस्तै हिमाली उच्च भू भागमा भने वर्षा संगै हिमपात रहने र आज राति पनि मौसममा आंशिकदेखि सामान्य बदलि रहने मौसम पुर्वानुमानले बताएको छ ।
तेस्तै आज बिहानैदेखिपनि राजधानीका विभिन्न भू भागमा मौसममा फेरबदल देखिएको छ भने ह्वात्त जाडो बढेको महसुस गरिएको छ ,।
आजबिहानको काठमान्डौको तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ ।,