प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीको आज भिडियो कन्फ्रेन्स हुने ,

माघ ७ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नेपाल–भारत एकीकृत जाँच भन्सार विन्दु (आईसीपी) को उद्घाटन हुने भएको छ ।

मोरङ्गको बुधनगरमा निर्माण सम्पन्न भएको (आईसीपी लाई भिडियो कन्फ्रेन्समार्फत बिहान ११ बजे प्रधानमन्त्री ओलीले सिंहदरबारबाट र भारतीय प्रधानमन्त्री मोदीले नयाँदिल्लीबाट संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

नेपाल भारत आयात तथा निर्यात सहज बनाउन विराटनगर महानगरपालिका ,१८ मा आईसीपी निर्माण गरिएको हो ।

आईसीपी निर्माणका लागि दिनेशचन्द्र एन्ड आर अग्रवाल इन्फा डटकम अहमदावादलाई भारतले ठेक्का दिएको थियो ।

सम्झौताअनुसार, उसले भवन पार्किङस्थल, जाँच पोष्टसहितका संरचना निर्माण गरेको छ ।

नेपालतर्फ ८ सय ५० मिटर लम्बाइ र ५ सय मिटर चौडाइमा फैलिएको आईसीपी १२९ बिघा क्षेत्रफलमा फैलिएको छ ।

भारत सरकारको पहलमा पुनर्निर्माण भएका निजि आवास गृहहरूको पनि आजै हस्तान्तरण हुनेछन् ।भारतले नुवाकोट र गोरखामा कूल ५० हजार निजी आवास निर्माणमा सहयोग गरेको छ ।