पर्वतमा भेटियो पलास्टिकको चामल ,डल्लो पार्दा ४ मिटर सम्म उफ्रिदा परिवार अचम्म ,
माघ ७ ,काठमान्डौ – पर्वतको कुश्माबजारमा पलास्टिकको चामल फेला परेको छ ।,कुश्माबजारस्थित मेलमिलाप चोकका प्रेम जैसी लामिछानेले किनेर ल्याएको चामल प्लास्टिकको भएको पाइएको हो ।
लामिछानेको घरमा बिहान पकाएको भात अरु चामलको भात खानु भन्दा फरक गन्ध आएको र भातको सिता समेत फरक देखिएपछि उनीहरुले उक्त भातलाई डल्लो पारेर जमिनमा फाले ।
भुईमा फाल्दा क्रिकेट बलजस्तै माथि उफ्रीएपछि परिवार अचम्म परेर पलस्टिकको चामल भएको पता लाग्यो ।भातको डल्ला पारेर जमिनमा फाल्दा ४ मिटर सम्म उफ्रीएको थियो ।,
प्लास्टिकको चामल गणेश खाद्य उद्योग पुरानो पर्साबजार चितवनले उत्पादन गरेको जिरा मसिनो ब्रान्डको हो ।
स्थानीय व्यापारी लेखनाथ शर्माको उमनादा किराना स्टोरबाट चामलको बोरा किनेर ल्याएको र पाकाएर हेर्दा भातको डल्ला परेको लामिछानेएल बताए ।
लामिछानेका अनुसार यो चामलको भात पाक्न पनि धेरै समय लाग्ने समेत गरेको उनले बताए ।साथै यो चामलको भात चिसो भएपछि खान नमिलेको उनले बताए ।
चामल पकाउदा अरु बेला भन्दा बढी समयपनि लाग्ने खानको स्वाद फरक आएपछु उनीहरुले अच्चममा परेका थिए , ।
सोमबार पकाएको चामलमा पनि यहि भयो र उनीहरुले तत्कालै जिल्ला प्रशासन कार्यालय र उद्योग वाणिज्य संघलाई लामिछानेले खबर गरे ।
खबर पछि पुगेको टोलीले अनुगमन गरी उक्त चामललाई खाद्य तथा गुणस्तर विभागमा अनुसन्धानका लागि पठाउने तयारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीले जानकारी दिए ।
शंकास्पद भेटिएपछि उक्त ब्रान्डको चामल कुश्माबजारमा बिक्रीका लागि रोक लगाइएको सहायक प्रजिअ सवेदीले बताए ।
२५ किलोग्राम तौलको बोरामा यो समस्या देखिएको हो । उक्त पसलमा स्टक भएका सबै चामल सिल गरी सम्बन्धित कम्पनीमै पठाउने तयारी भईरहेको छ ।