गयाँस हिटर बालेर सुत्दा मकवानपुर दामनमा भारतीय ८ जनाको मृत्यु,
माघ ७ ,काठमान्डौ – मकवानपुरको दामन घुम्न आइपुगेका भारतीय २ परिवारका ८ सदस्यको मृत्यु भएको छ ।
भारतको केरलाबाट दामन घुम्न आएका उनीहरु दामनको एभरेस्ट पानोरामा रिसोर्टमा बास बसेका थिए
रिसोर्टमा अचेत अवस्थामा फेला परेका ८ जना भारतीय नागरिकहरुलाई मंगलबार बिहान हेलिकप्टरमा उद्धार गरी काठमाडौंस्थित ह्याम्स अस्पतालमा ल्याइएको थियो । उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
दामनको एभ्रेस्ट पानोरामा रिसोर्टमा उनिहारी हिजो साँझ ९ : ३० बजे बास बस्न आएक थिए ,१५ जनाले ४ ओटा कोठा बुक गरि बसेका भारतीय नागरिकले जाडो बढेपछि राति रेष्टुरेण्टमा प्रयोग हुने मसरुम ग्याँस हिटर आफ्नो कोठामा लगेका थिए ।
रेष्टुरेण्टका कामदारले लैजान नदिएपनि उनीहरुले बच्चालाई चिसो लाग्यो भनेर जबरजस्ती उक्त हिटर लिएर गएको, म्यानेजर केसीले बताएका हुन् ।
दुई परिवारका सबै एक कोठामा सुतेका र बिहान ढोका खोल्दा नखुलेपछि अन्य भारतीय पर्यटकले ढोका फोरेर हेर्दा सबै ८ जनानै अचेत अवस्थामा फेला परेका थिए ,
लगत्तै काठमाडौँबाट हेलिकप्टर मगाएर उनीहरुलाई उपचारका लागि काठमाडौंस्थित ह्याम्स अस्पतालमा लगिएको थियो ।उपचारमा सबैको मृतु भएको अस्पताल श्रोतले जनाएको हो।,
ग्याँस हिटर बाली कोठाको झ्याल र ढोका सबै बन्द गरिएकाले अक्सिजनको अभाव भई पर्यटकको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
मृतुहुनेमा वर्ष ३८ रञ्जित कपवर्ष ३४ इन्द्र ,वर्ष ३७ प्रविन,वर्ष ३२ सरिया,वर्ष ५ अभी,वर्ष ७ अर्चना,वर्ष ९ बन्द्रा ,वर्ष ५ वैष्णव का रहेका छन् उनीहरुको ठेगाना भने नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्सपेक्टर ललन कुर्मीले बताए ।,