धादिङमा ट्रक दुर्घटना ७ जनाको ज्यान गयो ८ घाईते ,

माघ ७ ,काठमान्डौ – धादिङको निलकण्ठ नगरपालिका-८ मा मिनी ट्रक दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ ।

दुर्घटना स्थलमा जनाको ज्यान गएको छ भने १ जनाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए ।

दुर्घटनामा घाइते १५ जना मध्ये ५ जना गम्भीर घाइते छन् ।उनीहरुलाई उपचारको लागि काठमान्डौ ल्याईएको छ ।

 

नीलकण्ठ नगरपालिका–२ भुलभुलेका गुरुङ्ग समुदायले भाकल गरे बमोजिमका ८ वटा पाठी ग १ ख ८०१२ नम्बरको आइसर रिजर्भ गरेर मंगलबार विहान ढोला मण्डली मन्दिर गएका थिए ।

मन्दिरमा चढाइएका पाठीसँग सामूहिक भोज र मदिरा सेवन गरेर फर्कदैं गरेको अवस्थामा मैदीभन्ज्याङ मोडमा गाडी पर्खालमा ठक्कर खाएर पल्टेको थियो ।दुर्घटना पर्ने सबै भुलभुले गाउँका हुन् ।

 

घटनास्थलमै मृत्युहुनेमा भुलभुलेका विदुर गुरुङ्ग, ध्वजबहादुर गुरुङ्ग, पूर्णमान श्रेष्ठ, सुनील भन्ने तिलक गुरुङ्ग, प्र्रेमबहादुर गुरुङ्ग, बेलबहादुर गुरुङ्ग हुन् भने उपचारका क्रममा सेते गुरुङ्गको मृत्यु भएको हो ।ट्रक तिब्र गतिका कारण दुर्घटना भएको घाईतेहरुले बताएका छन् ।