suekhet
bheriad

बेल्जियमकी अधिराजकुमारीलाई भरतपुरमा स्वागत गरिन मेयर रेणु दाहालले ,

lekabesi

माघ ८ ,भरतपुर – बेल्जियमकी अधिराजकुमारी एस्ट्रिडलाई मेयर रेणु दाहालले भरतपुरमा स्वागत गरेकी छिन । नवलपुरमा आयोजित कार्यक्रममा सहभागी हुन आउने क्रममा भरतपुर विमानस्थलमा मेयर रेणु दाहालले स्वागत गरेकी हुन् ।

महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख पावर्ती शाह , चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलगायतले विमानस्थलमा स्वागत गरेका थिए ।

राजकुमारीको स्वागतमा पञ्‍चे बाजा बजाइएको थियो । उनी दुई दिन चितवन रहने भरतपुर महानगरले जनाएको छ । चितवन बसाइको क्रममा एस्ट्रिडले चितवन राष्ट्रिय निकुञ्ज र अन्य पर्यटकीय क्षेत्रको अवलोलन गर्ने बताइएको छ ।

उनी नवलपुरस्थित मध्यविन्दु जिल्ला अस्पताल क्षयरोग प्रेषण केन्द्रको शिलन्यास गर्न आएकी हुन् । गण्डकी प्रदेशका मुख्यमन्त्री गण्डकी पृथ्वी शुब्बा गुरुङ र अधिराजकुमारी एस्ट्रिडले गरेका थिए।