suekhet
bheriad

रेशम चौधरीको रिहाईको माग गर्दै थारुहटले गर्यो आन्दोलनको घोषणा ,

lekabesi

माघ ८ ,काठमान्डौ – सांसद रेशम चौधरीको रिहाईको लागि थरुहटले आन्दोलनको घोषणा गरेको छ ।

,टिकापुर घटनामा झुठा मुद्दा लगाई फसाईएका कैलाली क्षेत्र न , १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशम चौधरीको रिहाईको माग गर्दै आन्दोलनको घोषणा गरेको छ।

मोर्चाले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै सरकारले मागहरुलाई वेवास्था गरेको हुनाले आन्दोलनको घोषणा गर्न परेको बताएको हो।

रेशम चौधरी लगायत ११ जनाको मुद्दा फिर्ता गरि निसर्त जेलमुक्त गर्ने पर्ने मोर्चाले माग राखेको छ ,।

मोर्चाले माघ १४ गते प्रधानमन्त्रीलगायत विभिन्न दका नेताहरुलाई १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउने, माघ मसान्तसम्म प्रदेशदेखि वडा तहसम्म मोर्चाको समितिहरु विस्तार गर्ने, माघ १८ गते पहिचान पक्षधरको बृहत अन्तरक्रिया धनगढीमा गर्ने, २४ गते संयुक्त राष्ट्रसंघ, कुटनीतिक नियोग, मानवअधिकार आयोगमा संघर्षका सम्बन्धमा पत्रबाट जानकारी दिने कार्यक्रम सार्वजनिक गरेको छन् ।

त्यसैगरी फागुन १ गते कैलाली र काठमाडौंको माइतिघरमा आमरण अनसन बस्ने, २ गते धनगढी लगायत तराईका विभिन्न जिल्लामा जनप्रदर्शन गर्ने र मागहरु सुनुवाई नभए तीन दिने बन्द तथा आमहड्ताल घोषणा गर्दै ५ गते समिक्षा गरी अनिश्चितकालिन बन्द घोषणा गर्ने कार्यक्रमहरु मोर्चाले सार्वजनिक गरेको छ ।

त्यस्तै टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्नका लागि तत्कालिन नेपाल सरकारले पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृहमन्त्रालयद्धारा अनुसन्धानका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलिय संसदीय समितिको प्रतिवेदनहरू तुरुन्त सार्वजनिक गर्न पनि मोर्चाले माग गरेको छ ।