suekhet
bheriad

अग्नि सापकोटाको विषयमा माईतिघरमा नारा लगाउने दु:ख नगर्दा हुन्छ प्रचण्ड,

lekabesi

माघ ८ ,काठमान्डौ – नेपाल सरकारले मईतिघर मण्डलाम नारा जुलुस नगर्ने भन्दै बन्देज गरेपनि पछिल्लो समय माईतिघरमा नारा बाजी जुलुस प्रदर्शन हुँदै आएका छन्।

,तर सतारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेकपाका कार्यकारी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले अग्निप्रसाद सापकोटाको विषयमा माईतिघर मण्डलामा दु:ख नगर्न आग्रह गरेका छन्।

,भर्खरै मात्र नेकपाको तर्फबाट सभामुखमा सिफारिस भएका अग्नि सापकोटाको विषयमा मानवअधिकारवादीहरुले प्रदर्शन गरिरहेको बेला प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन् ।

सिंगो राष्ट्रनै सभामुखको विषयमा एक ठाँउमा उभिएको बेला साथीहरुले माईतिघरमा किन दु:ख गरेका होलान यस्तो जाडोमा ।

बुधबार प्रचण्ड निवासमा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले साथी हरुले माईतिघरमा कराउने दु:ख गर्ने नगर्दा हुन्छ भन्ने अभिवाक्ति बताएका हुन् ।

सभामुखलाई सर्वसम्मत रुपमा र प्रतिपक्षि दलहरुले समेत समर्थन गरेको अवस्थामा त्यो दु:ख नगर्न आग्रह समेत गरेका छन् ।

अग्नि सापकोटाको विरुद्दमा कुनै मुद्दा नै नभएको समेत प्रचण्डले बताए ।,उँहामाथि केहि पनि छैन बेकारको कुरा हो त्यो ,।

सत्तारुढदल देखि प्रतिपक्षि दलले पनि अग्नि सापकोटालाई सभामुखमा अघि सारेको छ ।अनि साथीहरु किन माईतीघरमा आन्दोलन गरेका होलान प्रचण्डले भने ,।

बुधबार दिउँसो मानवाधिकारवादीहरुले अद्लातमा मुद्दा चलिरहेको व्यक्तिलाई सभामुख लगिएको भन्दै विरोध प्रदर्शन गरेका थिए।

‘हत्या घटनामा अनुसन्धानको क्रममा रहेका व्यक्तिाई सभामुख नबनाउ, पीडितलाई थप अपहेलित र अपमानित नगर, मानवअधिकार र कानूनी शासनको सम्मान गर’ भन्ने नारासहित अधिकारवादीहरुले प्रदर्शन गरेका हुन् ।