राष्ट्रियसभाको निर्वाचन सुरु ,

माघ ९ ,काठमान्डौ – राष्ट्रियसभाको निर्वाचन आज १० बजे देखि सातवटै प्रदेशमा सुरु भएको छ ,।

सात प्रदेशमा रिक्त रहेका १८ पदको लागि राष्ट्रियसभा निर्वाचनको लागि मतदानसुरु भईरहेको निर्वाचन आयोगले जनाएको हो ।

,मतदान बिहान १० बजे देखि अपराहन्न ४ बजे सम्म चल्ने पनि आयोगले जनाएको छ चुनावी मैदानमा ६ दलका ४५ उम्मेदवार छन् ।

प्रदेश सात प्रदेशका लागि १ का लागि विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, २ का लागि जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण स्मृति भवन र वागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ स्थित वडा समिति भवन मतदानस्थल तोकिएको छ ।

तेस्तै गण्डकी प्रदेशका मतदाताका लागि पोखरा महानगरपालिकामा अवस्थित निर्वाचन कार्यालय, प्रदेश ५ का मतदाताका लागि घोराहीस्थित कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशका मतदाताका लागि जिल्ला निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका मतदाताका लागि दीपायलस्थित पद्य पब्लिक मुक्तिनारायण उच्च माविबाट मतदान गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष राष्ट्रियसभा निर्वाचनका मतदाता हुन् ।

५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ अर्थात् १९ सांसद्को पदावधि यही फागुन २० मा समाप्त हुँदैछ ।

तीमध्ये राष्ट्रपतिबाट मनोनित एक जनाको पनि समयावधि सकिन लागेकाले आज १८ सिटका लागि चुनाव हुँदैछ ।

मतदान समाप्त भएलगतै कुनै अवरोध नभए साँझादेखिनै मतपरिणाम सार्वजनिक हुने आयोगले जनाएको छ ।