प्रदेश छ मा राष्ट्रियसभाको निर्वाचन सुरु, मुख्यमन्त्री शाहीले गरे मतदान,

माघ ९ ,सुर्खेत – आज देखि सात प्रदेशमा रास्ट्रियसभाको निर्वाचन सुरु भएको छ ,।

प्रदेश छ कर्णालीको निर्वाचन कार्यालय सुर्खेतमा राष्ट्रियसभाको निर्वाचन सुरु भएको हो ।

प्रदेश छको मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सबैभन्दा पहिले मतदान गरेपछि मतदान प्रकृया शुरु भएको हो ।

मतदान प्रक्रिया १० बजे देखि ४ बजे सम्म चल्ने छ ।,प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष राष्ट्रियसभा निर्वाचनका मतदाता हुन् ।

 

यही फागुन २१ बाट रिक्त हुन लागेका राष्ट्रियसभाका १८ सिटका लागि अहिले देशका सातवटै प्रदेशमा मतदान भइरहेको छ ।

५३ हजार ५ सय ८ मतभार रहेको निर्वाचनको चुनावी मैदानमा ६ दलका ४५ उम्मेदवार छन् ।