रास्ट्रिय सभा सदस्यमा नारायणकाजि विजयी ,

माघ ९ ,काठमान्डौ – नेकपाका नेता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।

बिहीबार भएको मतदानमा गण्डकी प्रदेशबाट श्रेष्ठले ३४६२ मत ल्याउदै विजयी बनेका हुन् ।उनका प्रतिद्धन्द्धी काँग्रेसका सूर्यप्रसाद रेग्मीले २२४४ मत पाएका छन् ।

श्रेष्ठले १२१८ मतान्तरको पफरकमा जितेका हुन् । त्यस्तै गण्डकी प्रदेशको महिला तर्फपनि नेकपाकै भगवती न्यौपाने विजयी बनेकी छन् ।

उनले ३३६६ मत प्राप्त गरेकी छन् । काँग्रेसकी विमला गौचनले २३४० मत पाएकी छन् ।आज देशका सातै प्रदेशमा रास्ट्रियसभाको निर्वाचन भएको हो।