कर्णालीमा नेकपाका मायाप्रसाद र सुमित्रा दोब्बर मतले विजयी,

माघ ९ ,काठमान्डौ – कर्णाली प्रदेशबाट रास्ट्रिय सभा सदस्यमा नेकपाले विजयी हासिल गरेको छ ,।

नेकपाका माया प्रसाद शर्माले ३ ६१८ मतभारका साथ विजयी भए भने उनका प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार डिल्लिराम पाठकले १०२६ मत प्राप्त गरेका थिए ।

तेस्तै महिलातर्फ नेकपाकै सुमित्रा विसी ३ हजार ६८४ मतका साथ विजयी भइन् भने उनकी प्रतिद्वन्दी कांग्रेसकी गणेशकुमारी बस्नेतले १ हजार २६ मत ल्याइन् ।

कर्णालीमा कुल १ सय ९८ जनामध्ये १ सय ९५ जनाले मतदान गरेका थिए। ४८ मत बदर संगै कर्णालीमा एक जना प्रदेशसभा सदस्यको मत बदर भएको छ ।