,सातवटै प्रदेशमा नेकपाको विजयी कांग्रेस पराजित,

माघ ९ ,काठमान्डौ – आज देशका सती प्रदेशमा रास्ट्रिय सभाको निर्वाचन् भएको छ ,।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा सबै नेकपाका उम्मेदवार निर्वाचित भएका छन् ।

निर्वाचनमा नेकपाका उम्मेदवारहरु गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका हुन् ।

अच्छामीले ६ हजार ३ सय ३० मतभार पाएका छन् । उनका प्रतिद्वन्द्वी नेपानी काँग्रेसका निरबहादुर विकले २७ सय १८ मत पाएका छन् भने समाजवादी पार्टीका ज्ञानबहादुर परियारले ६ सय ६४ मतभार पाएका छन् ।

अच्छामी दलिततर्फका सदस्यमा, गौतम महिला र दाहाल अन्यतर्फको सदस्यमा निर्वाचित भएका हुन् ।

महिलातर्फ विजयी गौतमले ६ हजार ४ सय २२ मतभार पाएकी छिन् भने अन्यतर्फ विजयी दाहालले ६ हजार २ सय ३४ मतभार पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका देवेन्द्र घिमिरेले २ हजार ७ सय ६६ र समाजवादी पार्टीका भरतबहादुर दाहालले २ सय ६४ मतभार पाएका छन् ।