के हो कोरोना भाईरस जुन विश्वव्यापी हुदै छ ,२५ जनाको ज्यान गयो ,

माघ १० ,काठमान्डौ – आज भोलि चिनमा कोरोना भाइरसको बिगबिगी देखिन्छ। जसका कारण चिनमा २५ जनाको ज्यान गैसकेको छ भाने १७७ जना गम्भीर बिरामी छन्।

,चिनियाँ अधिकारिहरुका कारण ८ सय ३० नागरिक यो रोगबाट प्रभावित छन् ।,सयौको संख्यामा अहिले चीनको नेसनल हेल्थ कमिसनमा उपचार भईरहेको छ।

संक्रमित भएका ३४ जना उपचार पछि घर फर्कीएको र अधिकांस नागरिक हुवेईका रहेको बीबीसीले जनाएको छ ।

अहिले कोरोना भाईरस विश्वव्यापी रुपमा फैलने डरसमेत रहेको अधिकारिहरु बताउछन।

,भाईरस फैलन नदिन चिन सरकारले वुहानलगायतका क्षेत्रको हवाई र सवारी यातायात सञ्चालनमा रोक लगाएको छ ।

संक्रिमत राज्यमध्येको एक हुवेईका लाखौं मानिसहरू चिनियाँ नयाँ वर्ष मनाउन निस्कने तयारीमा समेत जुटेका छन् ।

यसको मध्यनजर गर्दै नजिकिँदो नयाँ वर्षमा संक्रमित क्षेत्रका मानिसलाई घरबाट ननिस्कन र बाहिरका मानिसलाई संक्रमित क्षेत्र नजान चिन सरकारले जानकारी गरेको हो ।

कोरोना भाईरसका फैलिने डरले बेइजिङ र हङकङले भने नयाँ वर्ष मनाउनका लागि तय गरिएका केही ठूला कार्यक्रमहरू रद्द गरेका छन् ।