नेपाल एयरलाईन्सका २५ पाईलट द्वारा सामुहिक राजिनामा,

माघ १० ,काठमान्डौ – नेपाल एयरलाईन्सका २५ पाईलट सामुहिक राजिनामा दिएका छन् ।

,नेपाली र विदेशी पाईलटमको सेवासुविधामा चरम विभेद भएको हुनाले आफुहरु यो कार्य गर्न बाध्य भएको उनीहरुले बताएका हुन् ।

,आफुहरुको समस्या समाधान गर्न ९० दिनको समयसीमा दिँदै उनीहरुले राजिनामा बुझाएका हुन् ,।

९० दिनको समयमा नेपाली पाइलटलाई तालिम दिएर सबै विदेशी पाइलट विस्थापन गर्ने कि, नेपाली पाइलटले दिएको राजीनामा स्वीकृत गरेर सबै करारमै लिएर काम चलाउने,’ पाइलटहरुले राजीनामा पत्रमार्फत व्यवस्थापनलाई २ विकल्प दिएका छन् ।

विदेशीले पाईलटले पाउने तलब छुट्टी देखि हरेक वेवास्थामामा नेपालि पाईलटलाई कम छ। ,विदेशी पाईलटले महिनामा ४६ घण्टामात्र जहाज उडाउछन १५ लाख तलब पाउछन ,।

नेपालि पाईलटले महिनामा ९५ घण्टा जहाज उडाउछन भने ५ लाख तलब पाउछन ।,हप्तामा विदेशी पाईलटले २ दिन छुट्टी पाउछन भने नेपालि पाईलटले १ दिनमात्र छुट्टी पाउछन ,।

जसमा विदेशी पाईलटको कर सरकारले तिर्छ भने नेपालि पाईलट आफैले तिर्दै आईरहेका छन् ।,राजिनामा बुझाउने हरुमा सबै अन्तरस्ट्रिय उडानका पाईलट हुन् ,।

अहिले २५ जनाको नामलिस्ट राजिनामामा लेखेपनि ४० जना तयार रहेको एक पाइलटले बताए ,।व्यवस्थापनबाट राजीनामा स्वीकृत भएमा निगमका अन्तर्राष्ट्रिय उडान प्रभावित हुनेछन् ।